२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

कार्तिक १,
काठमाडौँ । पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा देशका अधिकांश भूभागको मौसममा आंशिक बदली भएको छ । नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन बाहिरिएर वायुमण्डलमा पश्चिमी वायुको प्रभाव परेपछि जाडोयाम सुरु हुने गरेको छ । पश्चिमी वायुको प्रभाव परेसँगै देशैभर तापक्रम घट्दो क्रममा रहेको छ । मौसमविद् विभूति पोखरेलले भन्नुभयो, ‘पश्चिमी वायुको प्रभाव पश्चिमी भूभागमा देखा परेको छ । यसैको प्रभावले पश्चिमी भूभागको साथै मध्य तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदलीका साथै क्षणिक वर्षाको सम्भावना रहेको छ । ठूलो वर्षाको सम्भावना भने छैन ।’

यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो गरी भित्रिएको थियो भने औसतभन्दा १९ दिन ढिलो गरी बाहिरिएको थियो । सामान्यतया नेपालमा मनसुनी अवधि भनेर जुन १० देखि सेप्टेम्बर २३ सम्म बुझ्ने गरिन्छ । तर पछिल्लो समय केही औसत समयभन्दा केही ढिलो गरी मात्र मनसुन बाहिरिन थालेको छ । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ । यस्तै, शनिबार पनि पश्चिमी पहाडी भूभागको मौसम सामान्य बदलीकै अवस्थामा रहने महाशाखाले जनाएको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह