१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

भैरहवा । नेपाली कांग्रेस १४ औं अधिवेशन अन्र्तगत रुपन्देही क्षेत्र नम्बर ३ को अधिवेशनमा शेर बहादुर देउवा समुहका शुसिल गुरुङको प्यानल बिजयी भएको छ । सभापति पदका लागी गुरुङले ३ सय ७७ मत ल्याई बिजयी भएका हुन भने उनका निकटता प्रतिद्धन्द्धी मातृका प्रसाद यादवले २ सय ४२ मत प्राप्त गरेका थिए ।

यस्तै सभापति पदका अर्का उम्मेदवार महेन्द्र प्रसाद यादवले ४ मत प्राप्त गरे । सचिव पदमा ४ जना उम्मेदवारी दिएकोमा गुरुङ प्यानलकै बिजयी भएका छन् । सचिवको लागी भवानी प्रसाद शर्माले ३ सय ७६ मत, लेखनाथ भट्टराईले ३ सय ६२ मत तथा यादव प्यानलका शैलेष कुमार पन्तले २ सय १८ र टंक प्रसाद पाण्डेले २ सय २७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जनाए ।

सहसचिवमा पनि गुरुङ प्यानलकै कुल प्रसाद न्यौपानेले ३ सय ७२ मत र प्रेम सागर थारुले ३ सय ८२ मत ल्याउदा यादव प्यानलका अमृता लम्सालले २ सय २५ तथा सुरेन्द्र धवलले २ सय १० मत प्राप्त गरे । क्षेत्रिय सदस्य एवम केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पनि गुरुङ समूहकै एकल वर्चस्व रहेको छ । क्षेत्रिय सदस्य एवम केन्द्रिय महाधिवेशन प्रतिनिधिमामा गुरुङ प्यानलकै उम्मेदवारहरु बिजयी भएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ