१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

काठमाडौं । सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । दशौँ कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट करदाताहरुलाई सम्मान गरे ।

Advertisement

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदता बनेको छ । यस्तै निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल (प्रा)लि, विशेष उद्योगमध्येबाट एसियन पेन्टस् (नेपाल) प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगबाट पूर्वाञ्चल एग्रीटेक प्रालि रहेका छन् ।

यस्तै सहकारी तथा लघु वित्तको कारोवार गर्नेबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक तथा वित्तीय संस्थाको कारोवार गर्नेबाट नविल बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमध्येबाट तारागाउँ रिजेन्सी होटल्स लिमिटेड र वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभेटनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि सम्मानित भएका छन् ।

मध्यमस्तरीय करदातामध्येबाट कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड, ऊर्जामूलक उद्योगमध्येबाट हिमाल पावर लिमिटेड र सबैभन्दा बढी मूल्यअभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्ने सूर्य नेपाल प्रा.लि. सम्मानित भएका छन् । २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयममै बुझाएर नियमित कर सहभागिता जनाएका मध्ये आव २०७७/०७८ मा सबैभभ्न्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गर्ने करदाताका रुपमा घोराही सिमेन्ट इण्डष्ट्री सम्मानित भएको छ ।

यसैगरी व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थशम्सेर राणा पनि सम्मानित भएका छन् । दिवसकै अवसर पारेर विभाग मातहतका विभिन्न कार्यालयमा उत्कृष्ट सेवा प्रवाह गर्ने १० कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट करदाताका रुपमा सम्मानित नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्याकारी अधिकृत शंकरकुमार रायमाझीले सम्मानले थप उत्कृष्ट काम गर्न प्रोत्साहित गरेको र पुनर्बीमा कम्पनीलाई सधैँभर उत्कृष्ट बनाउन आफू प्रयत्नशील रहेको बताए । आधुनिक एवं वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानविन्दुका रुपमा नेपालमा मूल्यअभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउन थालिएको हो । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम