ताजा अपडेट »

एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

मंगलबार, १९ असोज २०७८, १५ : ४७
6 Shares

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १८ असोजमा बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाले हाल कायम चुक्ता पुँजीको पाँच दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले हाल कायम एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजीबाट सो पाँच दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।