ताजा अपडेट »

काठमाडौं उपत्यकाको तटीय क्षेत्र डुबान (फोटोफिचर)

सोमबार, २१ भदौ २०७८, ११ : २७
4 Shares

काठमाडौं । गएरातीबाट परेको वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुवानमा परेको छ । राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ ।

राजधानीका धोबीखोला किनार, सुन्दरीघाट र बगमती नदी आसपासका बस्तीहरु डुवानमा परे पनि मानवीय क्षतिको कुनै विवरण नआएको प्रहरी प्रवक्ता बसन्त कुँबरले बताए । यसैबीच बिहान ५ः३० बजेको मापन अनुसार उपत्यकामा १०५ मिलिमिटर पानी परेको र ८: ४५ मिनेटअघि गरेको मापनमा १२१.५ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाका सहायक मौसमबिद् सुरेश ताम्राकारले बताए ।

तस्बिर: केशव गुरुङ र सबिन बजगाइँ/गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।