Jul 5, 2022
भरतपुर । वाग्मती प्रदेश सरकारले चितवनको माडीमा एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्र निर्माण गरेको छ । माडी नगरपालिका–८ कान्तिपुरमा निर्माण गरिएको एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्रको आज उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले गाउँगाउँमा सिंहदरबार भन्ने भनाइ मात्रै नभई व्यावहारिक रुपमा कार्यान्वयन भएको बताए । कान्तिपुरमा ४६ वटा नमूना घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिएको छ ।
कृषिलाई पर्यटनसँग जोड्नका लागि होम स्टे स्थापनाका लागि एकिकृत नमुना वस्ती स्थापना गरिएको बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताए । कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै ग्रामीण स्तरका नागरिकको जीवनस्तरमा सुधार ल्याउन प्रदेश सरकारले चक्लाबन्दी खेतीको अवधारणा अघि सारेको उनले बताए ।
माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको भन्दै धन्यवाद दिए। उनले पालिकाले पनि सामूहिक चक्लाबन्दी खेतीका लागि प्राथमिकता राखेर काम गरिरहेको जानकारी दिए।
प्रतिकृया दिनुहोस्