ताजा अपडेट »

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु

मंगलबार, २२ फागुन २०८०, १६ : २६
80 Shares

बुटवल । बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला  प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना, नेपाल व्यवसायिक कलाकार संघको सहआयोजना एवम् बुटवल उपमहानगरपालिका,तिलोत्तमा र रामग्राम नगरपालिकाको सहकार्यमा आजदेखि प्रर्दशनी सुरु भएको हो ।

प्रर्दशनीको लुम्बिनी प्रदेश सभाका सभामुख  तुलाराम घर्तिमगर वसन्तले लुम्बिनीमा उद्घाटन गरे ।  उनले भाषा,साहित्य,कला,संस्कृतिको विकासविना समाजको परिवर्तन स्थायी नहुने बताए । त्यसका लागि प्रदेशले विभिन्न  प्रज्ञाप्रतिष्ठानहरुको ऐन निर्माण गरि आफू अघि बढ्ने जानकारी गराए । रैथाने कलाको पहिचान,पहल र पहुँचमा प्रतिष्ठानले भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । त्यसैगरी एमाले नेता तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल क्षेत्रका लागि ललितकला अपरिहार्य रहेको बताए ।
ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति माननीय नारदमणि हार्तमछालीले लुम्बिनी प्रदेशको ललितकलालाई पहिचान गरि प्रसिद्धिका निम्ति पहल गर्ने बताए । त्यसैगरी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निकट भविष्यमा बुटवलमा ललितकलालाई सम्मान हुने गरि अघि बढ्ने बताए । 

उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ( नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङले ललितकलाको विकासका लागि कलाको मर्म र मूल्य बुझ्नुपर्ने बताउँदै लुम्बिनी क्षेत्रमा ललितकला अध्ययन र अध्यापन गर्ने शैक्षिक थलो समेत नरहेको बताए । उद्घाटन सत्रमा दीलिप रसाईली,एचबी रम्तेल,जंग पहाडी,दिनेश्वर महतो लगायतले प्रदर्शनी सफलताको कामना गरेका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।