ताजा अपडेट »

अभिनयमा पनि जम्दै गायक ॠषि खड्का

आइतबार, २० फागुन २०८०, १४ : २१
210 Shares

बुटवल । गायक ॠषि खड्काको शब्द र संगितमा रहेको ‘गाह्रो हुन्छ नी’ गीत सार्वजनिक भएको छ । गितमा स्वर चर्चित गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको रहेको छ भने ॠषि खड्का र जुना गुरुङले अभिनय गरेका छन् । युवाहरु पारिवारिक समस्याको कारण स्वदेशमा रोजगारी नपाएर विदेशमा जानु पर्ने बाध्यतालाई देखाइएको छ । 

यस्तै, सो गितको निर्देशन सुनिल विकले गरेका हुन भने छायाँकन बुद्ध थापाले गरेका छन् । साथै सम्पादन प्रविन भट्टले गरेका भने मिक्सिङ्ग खड्क बाजुरालीले गरेका छन् ।   सो गित  ॠषि खड्काको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । 

गितको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला

https://youtu.be/Ab535hXCYIw?si=MAd-fo65-rGVsbF3

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।