ताजा अपडेट »

इरानी सुरक्षा बलले प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा

मंगलबार, १८ बैशाख २०८१, १० : २६
100 Shares
मंगलबार, १८ बैशाख २०८१
100 Shares

काठमाडौँ । इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहार र हत्या गरेको खुलासा भएको छ ।बिबिसीका अनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार र हत्या गरेका थिए।

यी सुरक्षा बलहरूले लेखेको विश्वास गरिएको एउटा लीक कागजातबाट यो प्रकाशमा आएको हो ।सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीको नौ दिनपछि शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो ।

यो प्रतिवेदनलाई "अत्यधिक गोप्य" भनी चिन्ह लगाइएको छ । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोरद्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो । यसमा उनका हत्याराहरू र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूको नाम समावेश छ ।

सो गोप्य प्रतिवेदनमा एक व्यक्तिले उनीहरूको शोषण गरेको, हातकडी लगाएर पनि निकाले विरोध गरिरहेको र हात खुट्टा हलाएर आफूलाई बचाउने प्रयास गरेको उल्लेख छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।