ताजा अपडेट »

आज तीन संसदीय समितिको बैठक बस्दै

मंगलबार, १८ बैशाख २०८१, १० : ५२
40 Shares

काठमाडौँ। आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मध्याह्न १२ः३० बजे बस्ने भएको छ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक माथि छलफल हुने बताइएको छ ।

त्यस्तै १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने तलिका रहेको छ। बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरुका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम र ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।