वीरगन्ज । वीरगन्ज महानगरपालिकाले एक्सेल कलेजको नाममा अवैधरूपमा सञ्चालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरिएको छ। शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि सिलबन्दी गरेको हो।