ताजा अपडेट »

नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’मा सृष्टीसँग जोडी बाँध्दै

सोमबार, २१ फागुन २०८०, १३ : ५९
96 Shares

काठमाडौं। अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार लिएर स्कृपट पूजा गर्दे नयाँ फिल्म 'केटी हराएको सूचना' घोषणा गरिएको हो ।यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् ।

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस अघि चर्चित टेलीसिरियल 'उजेली' निर्देशन गरेका थिए ।'केटी हराएको सूचना'मा नकिम उद्दिमको लगानी रहेको छ । अम्बर महर्जन छायाँकार रहेको फिल्मको बिहीबार देखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ ।अभिनेता नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ । यो फिल्मबाट उनको तारिफ भइरहेको छ ।

दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । जसबाट नाजिर निकै उत्साहित देखिन्छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।