१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

साङ्केतिक तस्विर

काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिनुभयो । शय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ । केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो । आज मात्रै सात हजार २११ सङ्क्रमित भएको र २७ जनाको निधन भएको छ ।

उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय÷सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा अधिकारीले काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००÷४०० दरका एक हजार २०० शय्या चाँडै बन्ने बताए । मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००– ५०० र जनमैत्री अस्पतालमा १२० शय्या बन्नेछन् । उनले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शय्या छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु