ताजा अपडेट »

रूरू मिलन केन्द्र बुटवलद्वारा शुभकामना आदान-प्रदान

शुक्रबार, ०३ बैशाख २०७८, १९ : ३७
6 Shares

बुटवल । रूरू मिलन केन्द्र नेपाल बुटवल रूपन्देहीले शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो (क्यालेन्डर) बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेबि आचार्य,अध्यक्ष जमुना सुवेदी,संरक्षक तथा संस्थापक अध्यक्ष राधा ज्ञवाली लगायतले नयाँ बर्ष २०७८ सालको भित्तेपात्रो (क्यालेन्डर) समेत बिमोचन गरे।

कार्यक्रममा केन्द्रका बरिस्ट सल्लाहकार ऋषि भण्डारी, सल्लाहकार कृष्णप्रसाद पाैडेल,सरला न्यौपाने भण्डारी ,प्रेस सल्लाहकार कपिल ज्ञवाली ,सन्जिला कसजू,शान्ति बराल, उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमा पाण्डे,सचिब अनुपमा श्रेष्ठ,कोषाध्यक्ष कुशुम पौडेल लगायतले बोल्दै रूरूक्षेत्र र रूपन्देहीको बुटवललाई जोड्नुपर्ने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।