ताजा अपडेट »

मध्येरातमा नदीजन्य पदार्थ उत्खनन् गर्दैगर्दा पक्राउ

शनिबार, ३२ जेठ २०७६, १४ : ५९
4 Shares

जेठ ३२, बुटवल । कपिलवस्तुमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं. १ कोन्द्रे खोलाबाट रातीमा अबैद्य रुपमा नदीजन्य पदार्थ संकलन गरीरहेका ११ गाडी सहित १० जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको हो ।


स्थानीय कोन्द्रे खोलामा अवैध रुपमा स्काभेटर, जेसीबि र टिप्पर समेतले नदिजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक देबेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ वटा टिप्पर, २ वटा जेसीबि र एउटा स्काभेटर र तिनका १० जना चालकलाई नियन्त्रण लिएको हो । मध्यरातमा खोलामा नदीजन्य पदार्थको उत्खनन भईरहेको छ भन्ने सुचनाका आधारमा टोली पूग्दा उत्खनन् गरीरहेको पाइएपछी सबैलाई नियन्त्रणमा लिइएको पाण्डेले जानकारी दिए । ११ वटा गाडी रहेकोमा एउटामा चालक नभेटिएको पनि उनले बताए । मध्यरात भएकाले गाडी खोलामा छोडेर चालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो । प्रहरीले गाडीका हेल्पर र मजदुरलाई भने अबआइन्दा रातीमा खोलामा नआउने प्रतिवद्धता गराएर छोडेको थियो ।


आज शनिवार भएकाले प्रहरीले नियन्त्रणमा लिएका सबै चालकलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । भोली आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितीको कार्यालय कपिलवस्तुमा पठाइने प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।