ताजा अपडेट »

संघीयता खारेज र हिन्दू राष्ट्र नभए देश ठूलो खतरामा: विष्ट

मंगलबार, ३१ चैत्र २०७७, १७ : ०७
10 Shares

बुटवल । राष्ट्रिय शक्ति अभियान नेपालका अध्यक्ष केशरबहादुर विष्टले संघीयताको खारेजी र हिन्दू राष्ट्र निर्माण नभए देश ठूलो खतरा पर्ने बताएका छन ।

राष्ट्रिय शक्ति अभियानको रूपन्देहीको तिलोत्तमामा भएको भेलामा बोल्दै विष्टले राष्ट्रलाई विखण्डनबाट जोगाउन, संघीयता खारेजी, हिन्दू राष्ट्र नेपाल, राजसंस्था पुनःस्थापना आवश्यक रहेको बताए । ‘मुलुकमा शक्तिको शन्तुलन नहुँदा देश हराउने अवस्था आयो’ अध्यक्ष विष्टले भने, ‘संघीयताले देश रहदैन । देशलाई रक्षा गर्न सबै नेपाली लाग्नुपर्छ ।’

देशको इतिहास, परम्परा, र गौरवलाई बचाउदै यसको संरक्षण गर्नु नै हाम्रो कतत्व रहेको विष्टले बताए । आजको देशको राजनीतिक र सामाजिक परिवेशले नेपालीहरलाई गास, बास र कपासको लागि विदेशीको नोकर बन्नुपरेको विष्टको भनाइ छ । उनले भने, ‘नेपाल राज्य र सरकार विदेशीको हैकमबाट चल्न देश बन्न थालेको छ ।

आज देशका सरकार र शासकहरु नेपालको ऐतिहासिक विरासत, दबाएर, परम्परागत मूल्य मान्यतालाई कुल्चेर काल माक्सलाई भागबण्डा लगाएर खान उद्धत छन ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।