ताजा अपडेट »

तिनाउका ५० टिप्परद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई निर्माण सामग्री

शुक्रबार, २७ चैत्र २०७७, १७ : ३२
20 Shares


बुटवल । धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक निर्माण सामग्री बोकेर यही चैत्र २९ गते आइतवार तिनाउ टिप्परी व्यवसायी समूहका ५० बढी टिप्परमा राष्ट्रिय, झण्डा, व्यानर लगाएर पाल्पाको तिनाउबाट चितवन जाँदैछ ।

तमन्ना मल्टि प्रर्पोज प्रालिका कार्यकारी प्रमुख एवम् निर्माण सामग्री सहयोग कार्यक्रमका संयोजक तोया लम्सालले आफूहरु क्रिकेट रंगशाला बनाउने अभियानमा सहयोगी बन्न इच्छुक भएको जानकारी गराएका छन् । गत बुधवार उनीहरुले मेचीमहाकाली अभियानको क्रममा पाल्पाको सिद्धबाबा आइपुगेको उक्त फाउण्डेसका अभियन्ता धुर्मुससँग कुराकानी गरेका हुन् ।

संयोजक लम्सालले तिनाउमा रहेका टिप्परहरुले निःशुल्क रुपमा सामग्रीहरु बोकेर चितवन जाने भएको हुँदा इच्छुक तिनाउका टिप्पर व्यवसायीहरुसँग उनले विशेष सहयोगका लागि अनुरोध गरेका छन् । सो समूहका अध्यक्ष अरबिन्द पाण्डेले क्रिकेट रंगशाला बनाउने महान अभियानमा आफूहरु सहभागी हुन र धुर्मुस सुन्तली फाउण्डेसनलाई हौसला दिन व्यवसायीहरुले सक्दो सहयोग गर्नुपर्ने बताउँदै आफ्नै पालामा नेपालमा अन्तर्राष्ट्रिय रंगशाला बन्ने विश्वास ब्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।