९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

काठमाण्डौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डका रुपमा रहेको नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न जोड दिएको छ । सडक विभागका प्रतिनिधिसहित आज बसेको समितिको बैठकले सडक निर्माणमा रहेको समस्या समाधान गर्दै चाँडो निर्माण सकाउनुपर्ने औँल्याएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले सडक विभागलाई राजमार्ग निकुञ्ज भएरै जाने भएकाले त्यहाँ समस्या आउँछ भन्ने पहिले नै तयारी गर्नुपर्ने बताए ।

Advertisement

उनले भने, “आयोजनाको अवधि लामो राखौँ तर तोकिएको अवधिमा सकाउनुपर्छ ।” सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निकुञ्ज क्षेत्रमा रुख काट्न लामो समय लागेकाले आयोजना निर्माणमा ढिलाइ भएको बताए । विगतमा सडक विभाग आफैँले रोपेको रुख काट्नसमेत वन विभागसँग अनुमति लिन लामो समय लागेको उनले उल्लेख गरे । उनले भने, “निर्माण व्यवसायीले पनि काममा ढिला गरिरहेको छ ।”

समितिका सदस्य जीपछिरिङ लामाले देशभरका सडक निर्माण गर्दा रुख काट्न र विद्युत्को पोल हटाउन समस्या हुने गरेको बताए । समितिका सदस्य सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवको आयोजनामा समेत एउटा मन्त्रालयमै दुई वर्षसम्म फाइल अड्किँदा पूर्वाधार निर्माण अघि बढ्न सक्दैन भने। समितिका सदस्य केदार सिग्देलले पूर्व तयारी नगरी सडक निर्माण शुरु गर्दा समस्या आउने गरेको उल्लेख गरे भने अर्का सदस्य विना श्रेष्ठले अहिलेको अवस्थामा हेर्दा नारायणगढ–बुटवल सडक समयमा सम्पन्न नहुने देखिएको बताए ।

समितिका सदस्य रामबहादूर विष्टले नयाँ बन्ने राजमार्गमा शौचालय, रेष्टुरेन्ट, बस बिसौनीलगायतको व्यवस्थापन हुनुपर्ने औल्याएँ । समितिका सदस्य दामोदर भण्डारीले पूर्व–पश्चिम राजमार्ग दीगो, भरपर्दाे र सुरक्षित बनाउनुपर्नेमा जोड दिए भने समितिका सदस्य टेकबहादुर बस्नेतले सडक विभागले मजदुरका समस्या समाधानमा ध्यान दिनुपर्छ भने । समितिका सदस्य रङ्गमति शाहीले सडक निर्माणमा सधैँ ढिलाइ भइरहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

राजेन्द्र लिङ्देनकाे प्रस्ताव- संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं नेपालको आयात र निर्यात दुवै घट्यो, दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब सर्वोच्चले राष्ट्रपतिसँग माग्यो लिखित जवाफः विधेयक किन प्रमाणीकरण नगरेको ? अर्थमन्त्री शर्मा भन्छन्- कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै