९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

कञ्चनपुर । बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका श्रीमान् मोली रानाले बताए ।

घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी यही चैत ८ गते इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको रानाले बताए । भारतीय प्रहरीले रानाको हत्याको आशङ्कामा उत्तरप्रदेश जिल्ला लखिमपुर थाना सम्पूर्णानगर ग्राम गोविन्दनगरका अन्दाजी ३० वर्षीय विक्रम कुमारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । भागरती भारतीय नागरिक विक्रमको केही दिनदेखि सम्पर्कमा रहेको कुरा बुझिएको छ ।मृत्यु प्रकरणबारे भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए । मृतक महिलाका श्रीमान्को भनाइअनुसार घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो लाग्छ । भारतीय प्रहरीको दबाबमा राना परिवारले शव बुझेर ल्याएका छन् । मृतकका बुबा सुब्बा रानाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राजेन्द्र लिङ्देनकाे प्रस्ताव- संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं नेपालको आयात र निर्यात दुवै घट्यो, दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब सर्वोच्चले राष्ट्रपतिसँग माग्यो लिखित जवाफः विधेयक किन प्रमाणीकरण नगरेको ? अर्थमन्त्री शर्मा भन्छन्- कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै