ताजा अपडेट »

परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमतीको हत्या, हत्यापछि आफ्नो प्रेमिकालाई एसएमएस

आइतबार, ०६ माघ २०७५, १३ : ३३
4 Shares

माघ ६,

नवलपरासी । एक व्यक्तिले परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वर्दघाट नगरपालिका–२ का सुनिल चौधरीले श्रीमती कमला थरुनी चौधरीको हत्या गरेका हुन् ।

शनिवार नवलपरासीको चिसापानी जंगलमा एक महिलाको शव देखेपछि दाउरा–घाँस गएका महिलाहरुले प्रहरीलाई खवर गरेका थिए । खबर पाएलगत्तै खटिएको प्रहरीले अनुसन्धानका क्रममा ति महिलाका श्रीमानले नै हत्या गरेको पत्ता लागेको हो ।

सुनिलले हत्या गरेर जङ्गलमा फालेको स्वीकार गरेको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । अनुसन्धानपछि श्रीमतीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको आशंकामा उनले हत्या गरेको स्वीकार गरेको एसपी भट्टको भनाई छ । श्रीमानको पनि अर्की महिलासँग प्रेमसम्बन्ध रहेको खुलेको छ ।

श्रीमान सुनिल विदेश श्रीमान भएकी अर्की एक महिलासँग प्रेम सम्वन्ध राख्दै आएका थिए । श्रीमतीको हत्या गरेपछि ती महिलालाई ‘मैले मेरी बुढी मारेँ’ भन्ने सूचना मोवाइलमा एसएमएसमा पठाएका थिए ।

त्यही एसएमएसको आधारमा ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । चिसापानी जङ्गलदेखि तल खोल्सामा श्रीमतीको शव लुकाउन भन्दै फालेका थिए ।

कसैले बलात्कार गरेर फालेको भन्ने पार्न र आफु बच्न उनका भित्री बस्त्र फुकालेर फाल्दै र घाँटी निमोठ्दै मारेका थिए । बुहारीको शव लुकाउन ससुराले समेत भूमिका खेलेको पाइएपछि उनलाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

श्रीमान सुनिलसँग सम्बन्ध रहेको भनेकी ती महिलाले भने आफू र सुनिलबीच प्रेम सम्बन्ध नरहेको प्रहरीसामु बताएकी छिन् । यद्यपी, उनले आफूलाई ‘श्रीमतीको बानी–व्यवहार ठीक नभएको’ भन्ने गरेको ती महिलाको बयान छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।