१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलमा भइरहेको धर्नामा सहभागी बनेका छन्। बिहीबार दिउँसो धर्नामा पुगेर गृहमन्त्री थापाले सम्बोधन गरेका थिए।

धर्नामा बसेकाहरूलाई सम्बोधन गर्दै उनले आफू सरकारको प्रतिनिधि भएर आएको बताए। चौधरीको रिहाइका लागि वार्ता टोली पनि गठन गर्ने थापाको भनाइ थियो। ‘सरकारले एउटा वार्ता टोली गठन गरेर यो विषय समाधान गर्न चाहन्छ। तपाईंहरु पनि वार्ता टोली बनाउनुहोस्, आज क्याबिनेट बैठक छ। त्यहाँ वार्ता टोली गठन गर्छौं। छिटै अब यो समस्या वार्ता र संवादद्वारा नै हल गरेर अघि बढ्नुपर्छ।’ बादलले धर्ना बसेकालाई भने ।

प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको मृत्यु भएको थियो । घटनाको योजनाकार भएको भन्‍दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो, जसलाई उच्च अदालतल दिपायलले सदर गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती