ताजा अपडेट »

थप १२० जनामा कोरोना, ८५ डिस्चार्ज

विहीबार, १२ चैत्र २०७७, १७ : ३०
6 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार २० पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२१८ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।