ताजा अपडेट »

मृगौला पीडितलाई मगर संघको आर्थिक सहयोग

बुधबार, २२ जेठ २०७६, २० : ००
6 Shares


जेठ २२,
ग्लोबल आवाज
बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले मृगौला रोगबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं–१२ निवासी मृगौला रोगबाट पीडित पूर्ण बहादुर सिंजापतीलाई १ लाख २ हजार ४ सय ६५ रुपैयाँ सहयोग गरेको हो ।

सो रकम नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष थर्क बहादुर बारघरेले पीडितका ससुरा शेर बहादुर रानालाई आज बुधबार एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै नेपाल मगर संघका बुटवल उपमहानगर अध्यक्ष थर्क बहादुर बारघरेले पूर्ण बहादुर सिंजापतीको जीवन रक्षाका लागि बुटवल नगरका मगर समुदायको तर्फबाट सहयोग गरिएको बताए । ।
सहयोग रकम बुझ्दै पीडितका ससुरा शेर बहादुर रानाले मगर संघलाई धन्यवाद् दिए । सबैको सानो–सानो सहयोगबाट बिरामीको उपचार हुँदै आइरहेको उहाँले जानकारी दिए । करिब ६ महिना अघिबाट दुवै मृगौलाले काम गर्न छाडेपछि सिंजापती डायलासिस गर्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।