ताजा अपडेट »

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

आइतबार, ०८ चैत्र २०७७, १० : २१
8 Shares

चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४:०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ । हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

रासस
लेखकको बारेमा
रासस