ताजा अपडेट »

सत्यनिष्ठाप्रति उत्प्रेरणा जगाउँदै प्रमुख प्रशासकीय भुसाल

शुक्रबार, ०६ चैत्र २०७७, १७ : १९
6 Shares

गुल्मी । ‘सत्यनिष्ठा र नैतिकता सदाचार’ बिषयमा गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत खिमानन्द भुसालले नगरपालिका भित्रका शैक्षिक र अन्य सामाजिक सस्थामा उत्प्रेणा दिँदै आएका छन्। शुक्रवार पनि भुसालले मुसिकोट नगरपालिका–२ अमराई स्थित खस्थोक माध्यामिक विद्यालयमा प्रशिक्षण दिएका छन्।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुसालले दिएको प्रशिक्षण कार्यक्रमको संयोजन जनजागृती मा.बि.का प्रधाध्यापक रामप्रसाद आचार्यले गरेका थिए । उनको पहलमा प्रशिक्षक भुसाललाइ निम्ताइएको कार्यक्रममा खस्थोक माध्यामिक विद्यालय र मुसिकोट नगरपालिका–३ चौरमा रहेको जनजागृती माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी सहभागी थिए । प्रशिक्षक भुसाललाई मुसिकोट नगरपालिका–२ का वडा सदस्य ध्रुब पछाइ, जनजागृती माध्यामिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम सुनार अध्यक्षहरु पूर्व अध्यक्ष क्रमशः दुर्गा बहादुर सुर्यवंशी , खुम बहादुर थापा, प्रधानध्यापक रामप्रसाद आचार्य, खस्थोक मा.वि.का पूर्व अध्यक्ष मुम बहादुर महत, पूर्वप्रधानध्यापक तुलबहादुर कार्की लगायतले सम्मान प्रकट गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

उत्प्रेरणा कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जि.सी., कार्यकारी सम्पादक लक्षमण पोख्रेल, प्रबन्धक महेश रिजाल,लगायतको विशेष आतिथ्यता रहेको थियो । खस्थोक माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कुमार महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानध्यापक कृष्ण बहादुर सुर्यवंशीको स्वागत मन्तब्य रहेको थियो भने शिक्षक कृष्णप्रसाद घिमिरेको सन्चालन रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।