ताजा अपडेट »

सातौँ प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस विजयी

आइतबार, २३ फागुन २०७७, ११ : ४४
4 Shares


बाँके। सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुुलिस क्लबले विजयी शुरुआत गरेको छ ।नेपालगञ्ज रङ्गशाला परिसरको कभर्डहलमा शुक्रबार मिस नेपाल नम्रता श्रेष्ठ र प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले संयुक्तरूपमा उद्घाटन गरेका थिए । प्रतियोगिताको पहिलो खेलमा पुुलिस क्लबले होगाङ्जी न्यू डायमण्डलाई २५-१९, २५-१९ र १५-८ सेटको अन्तरले हराएको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित रु पाँच लाख प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई रु दुई लाख, तेस्रोलाई रु एक लाख र चौथो हुने टोलीलाई रु ५० हजार रहेको बाँके जिल्ला भलिबल सङ्घ अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस