२३ असार २०७९, बिहीबार

Jul 7, 2022

तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बनउका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाएका हून् ।

Advertisement

करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उनले बताए । प्रतिबोट कागती रु २१५ का दरले किनेर ल्याएर उहाँले व्यावसायिकरुपमा कागती खेती शुरु गरेका हून् । उनले भने, “कागतीको माग अत्यधिक रहेकाले आफू यसतर्फ आकर्षित भएको हुँ ।”

गत साउन महिनामा कागतीको बिरुवा रोपेपछि अहिले नै फल दिन शुरु गरे पनि पहिलो वर्ष फलेको कागती टिपेर नष्ट गरिने उन्ले बताए । पहिलो वर्षमा फल लाग्न दिँदा बोट वयस्क भइनसक्ने हुँदा पहिलो वर्षको फल टिपेर फ्याक्नुपर्छ । उनले भने, “शुरुमा कागती खेती गर्दा करीब रु १४ लाख खर्च भइसकेको छ ।”

नेपालमा उत्पादन गरिएको कागतीले एक महिना पनि नपुग्ने र भारतकै मुख ताक्नुपर्ने अवस्था भएकाले आफू यस खेतीतर्फ लागेको ृहाँको भनाइ छ । अधिकारीले गाउँमा कागती खेती थालेसँगै अन्य तीन जनाले पनि कागती खेती शुरु गरेका छन् । स्थानीय धनबहादुर रानाले ६००, पशुपति विष्टले ३०० र टेकबहादुर रानाले ३०० बोट कागतीका बिरुवा लगाइसकेका छन् । विष्टले कृषि ज्ञान केन्द्रबाट अनुदान पाएर कागती लगाएका छन् भने अन्य तीनले आफ्नै लगानीमा कागतीका बिरुवा किनेर लगाएको कृषक अधिकारी बताछन् ।

आगामी वर्षदेखि फल दिन थालेपछि आम्दानीको माध्यम बन्ने कृषक धनबहादुरले बताए। गाउँमा दुई चार जना कृषक मिलेर कागती खेती गर्दा कतिपय आफूले नजानेका कुरा पनि सिक्न सहज भएको उनि बताउछन् । वडाका चारले व्यावसायिकरुपमा कागती खेती गरेर समुदायका अन्य मानिसलाई पनि प्रोत्साहन गर्ने कार्य भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन