२३ असार २०७९, बिहीबार

Jul 7, 2022

नवलपुर । ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ रहेका ढुङ्गामा कलात्मक मूर्ति कुँदिएका छन् । तीन जना सहयोगीसहित १५ कलाकारको समूहले १५ दिन लगाएर सिँढीमार्गको दायाँबायाँ १६ वटा आकर्षक मूर्ति कुँदेका हुन् ।

Advertisement

धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र गैँडाकोट नगरपालिकाको आयोजनामा ‘आस्था’ नाम दिएर श्रीपञ्चमीको दिनबाट कार्यशाला सञ्चालन गरिएको थियो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१ मा पर्ने मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ मूर्ति निर्माणपश्चात गैँडाकोट–१ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको स्थानमा मूर्तिले अझै सुन्दरता थपेको बताए ।

मूर्ति निर्माणका लागि स्थानीय सरकारले चाहे जति सहयोग गर्न नसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा सहयोग गर्ने बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले पैदलमार्गमा निर्माण भएको मूर्तिका कारण मन्दिरको महत्व अझै बढ्ने बताए । मूर्तिकलाले मौलाकालिका मन्दिरको धार्मिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणबाट समेत महत्व बढेको लामाको भनाइ छ । मूर्ति निर्माण गरिनुमात्रै महत्वपूर्ण काम नभएकाले यसको संरक्षणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । मौलाकाली सामुदायिक वनका अध्यक्ष काशीनाथ कँडेलले मन्दिरको सिँढीमार्गमा निर्माण गरिएका मूर्तिले इतिहास लेख्ने काम गरेको बताए ।

कार्यशालाका संयोजक कलाकार भीम शर्माले कलाकारको मेहनत, ऊर्जा र सबैको सहयोगले मूर्ति निर्माण कार्यले पूर्णता पाएको बताए । मन्दिरको सिँढीमार्गमा रहेका ढुङ्गामा कलाकारले धार्मिक र प्राकृतिक मूर्ति कुँदेका छन् । कलाकारले भगवान् शिव, गणेश, काली, वनदेवी, कछुवा, हात्ती, गुप्तेश्वर शिवलिङ्गलगायतका मूर्ति निर्माण गरेका हुन् । कलाकारको मेहनतले निर्माण गरिएका धार्मिक तथा प्राकृतिक मूर्तिले मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व अझै बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा