ताजा अपडेट »

विप्लव समूहका नेता बास्तोला रिहा

शुक्रबार, २१ फागुन २०७७, ११ : ३३

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार बिहान रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । उनी आगजनी तथा संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा थिए ।

सरकार र विप्लव समूहबीच तीन बुदेँ सहमति भएपछि उनलाई सोही बमोजिम छाडिएको एक प्रहरी अधिकृतले जानकारी दिए । बाँस्तोलालाई अब सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने गरि उनकै श्रीमतीको जिम्मामा छाडिएको हो ।

बिहिबार सरकार र विप्लव समूहबीच प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको थियो । सहमतिपछि शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विप्लव र प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने तयारी रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।