ताजा अपडेट »

सुनिल ढुंगाना स्मृति कपको उपाधि लुम्बिनीलाई

बुधबार, १९ फागुन २०७७, १७ : ५१
2 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न सर्बोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृति टि–१० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी नव युवा क्लबले उचालेको छ । बुधवार सम्पन्न फाइनल खेलमा लुम्बिनीले आर.आर.चिलियालाई ७१ रनको फराकिलो अन्तरले पछाडि पार्दै उपाधि उचालेको हो ।

उपाधीसंगै लुम्बिनीले नगद १ लाखको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपबिजेता बनेको आर. आर चिलियाले ५० हजार नगद पुरस्कार सहति कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा पहिले ब्याटिङ गरेको लुम्बिनीले निधारित १० ओभरको खेलमा १ सय २५ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि जाबेद अलीले सर्बाधिक ७२ रनको योगदान गरे ।

१ सय २६ रनको बिजयी लक्षका साथ ब्याटिङ थालेको चिलिया ५४ रनमै समेटिएपछि लुम्बिनीले दानदार जित दर्ता गराएको हो । लुम्बिनीका अनुभवि बलरका अगाडी चिलियाका ब्याट्स म्यान निरिह सावित भए । प्रतियोगितामा टिमलाई ७२ रनको योगदान गर्ने लुम्बिनीका जाबेद अलि म्यान अफ द म्याच बने । प्रतियोगिता म्यान अफ द सिरिजको उपाधि जितेका आर. आर चिलियाका बासी अहमदले नगद १० हजार र बेष्ट बलर बनेका तिलोत्तमा क्रिकेट एकेडेमीका श्याम खरेलले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका बिजेतालाई प्रमुख अतिथि सर्बोत्तम सिमेन्टका क्षेत्रिय बजार व्यावस्थापक रमेश ढकाल, बिशिष्ट अतिथि तिलोत्तमा नगर खेलकुद समितिका संयोजक राजेन्द्र गुरुङ लगायतले पुरस्कार बितरण गर्नुभएको थियो । आयोजक तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता, सर्बोत्तम सिमेन्टका क्षेत्रिय बजार व्यावस्थापक रमेश ढकालको प्रमुख आतिथ्यता र खेल संयोजक कमल श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन तिलोत्तमा क्रिकेट बिकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले गरेका थिए ।

स्वर्गीय ढुङ्गानाको नाममा अक्षकोषको स्थापना गर्ने र सो रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यका साथ आयोजित प्रतियोगितामा बिभिन्न ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सिदार्थ क्लबको खेलमैदान चपरहट्टीमा सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।