ताजा अपडेट »

डल्फिन फिड र रुकुम पश्चिम खुला भलिबलको फाइनलमा भिड्ने

बुधबार, १९ फागुन २०७७, ११ : २१
6 Shares

दाङ । डल्फिन फिड कैलाली र रुकुम पश्चिम जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को फाइनलमा भिड्ने भएका छन् । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा जारी प्रतियोगिताको मंगलबार सम्पन्न शानदार अनि रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा पि.वाई.सि. रुकुम लाई २५–२०, २५–१६ र २५–१० अर्थात् ३–० को सोझो सेटमा पाखा लगाउदै डल्फिन फिड कैलालीले फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै उल्लेख्य दर्शकले खचाखच भरिएको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा हिरा डाँगी फाउन्डेसन तुलसीपुर लाई २५–१७, २५–१९ र २५ –१८ अर्थात ३– ० को सोझो सेटमा पाखा लगाउदै पश्चिम रुकुमले फाइनलमा डल्फिन फिड कैलालीसंगको उपाधी भिडन्त पक्का गरेको हो । उपाधी होडमा रहेका दुबै टिममा रास्ट्रीय खेलाडीको वर्चस्व रहेकाले फाइनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल दिउँसो २ बजे हुने प्रतियोगिता मुल समितीका संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिए ।

त्यस्तै तृतीय स्थानका लागि बुधबार बिहान ८ बजे हिरा डाँगी फाउन्डेसन तुलसीपुर र पिवाइसी रुकुम भिड्ने छन् । यसैबीच आयोजक र प्रतियोगिता समापन समारोहका अतिथी बिच बिहान १० बजे खसी बाजी प्रतियोगिता हुने महासंघका महासचिव बिनोद चन्दले जानकारी दिए ।प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा रास्ट्रीय रेफ्री हरिश ओली, प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा रहेका छन्, भने स्कोररम भलिबल सहायक प्रशिक्षक भिम बहादुर डाँगी र रितु चन्द, अर्जुन रोका रहेका छन् ।

सबैका लागि खेलकुद खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्य लिएरआयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता,उप–बिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद एक लाख,पचास ,पच्चीस र १५ हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दिएको छ ।

यसैविच आयोजकले बुधबार हुने फाइनल खेल र प्रतियोगिताको समापन समारोहमा उल्लेख्य उपस्थिका लागि खेल प्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजिवि, उद्योगी, ब्यबसायी, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।