ताजा अपडेट »

लुम्बिनीमा टिप्परको ठक्करबाट गाईका ४ वटा बाछाको मृत्यु

मंगलबार, १८ फागुन २०७७, १२ : ३२
4 Shares

बुटवल । रुपन्देहीमा गयराति टिप्परकोे ठक्कर दिँदा ४ गाईका बाछाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिबार स्थित पर्सा–पथेरी पक्की सडक खण्डमा उत्तरबाट दक्षिण जाँदै गरेको ना ३ ख ५२३१ नम्बरको टिप्परले गाईका बाछालाई ठक्कर दिएको थियो ।

तिब्र गतिमा आएको टिप्परले छाडा चौपाएलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्कर दिने टिप्पर चालकलाई पशु चौपाए कसुरसम्बन्धी कारवाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।