ताजा अपडेट »

रोहिणीका विद्यार्थीलाई स्कूल पोशाक तथा खेलकूद सामग्री

आइतबार, १६ फागुन २०७७, १६ : ३०
4 Shares

भैरहवा । रोहिणी गाउँपालिका वडा नम्बर २ ले आफ्नो वडामा रहेका विपन्न विद्यार्थीलाई विद्यालय पोशाक तथा विद्यालयलाई खेल सामाग्री बितरण गरेको छ । बिनियोजन गरेको बजेटबाट वडा अन्र्तगत रहेका ३ वटा सामुदायिक बिद्यालय तथा ३ वटा मदरसामा उक्त सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुलाई पोशाक एवम खेल सामाग्री बितरण गर्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले कोभिडको कारणले विद्यार्थीको पठन-पाठनमा नराम्रो असर पारेको भए पनि अब त्यसबाट निस्केर बिद्यालयहरुले उत्कृष्ट नतिजा ल्याउन तर्फ ध्यान दिन आग्रह गरे । उनले गाउँपालिकाले अहिले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरेको र आउदा दिनमा त्यसको प्रतिफल देखिने बताए । बिद्यालयहरुको भौतिक बिकासको साथै त्यहाको शिक्षक र बिद्यार्थीको गुणस्तरलाई बढाउन गाउँपालिकाले थप के गर्नुपर्ने हो त्यस बारे पनि सुझाव दिन आग्रह गरेका थिए ।

२ नम्बर वडाको कार्यवाहक वडा अध्यक्ष सानमति पासीको अध्यक्षता एवम गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, निर्वतमान वडा अध्यक्ष सरोज कुमार पाण्डे, वडा सदस्य अनरुध प्रसाद खरविन्दले बोलेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा २ नम्बर वडामा सचिव राजकुमार मिश्रले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।