१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

झिमरुक । प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए ।

ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुन:शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए । नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ । सुत्केरीको शव अहिले प्यूठान अस्पतालमा ल्याइएको पनि उनले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै