ताजा अपडेट »

निशानको नयाँ उत्पादन ‘म्यागनाईट’ कार सार्वजनिक

मंगलबार, ११ फागुन २०७७, १४ : ५७
4 Shares

बुटवल । चारपाङ्ग्रे सवारीमा विश्वमै नाम कमाएको निशानको नयाँ कार ‘म्यागनाईट’ को बुटवलमा सार्वजनिक गरिएको छ । निशानको आधिकारिक विक्रेता हाईवे अटो भिल्ला कालिकानगरमा मंगलबार म्यागनाईट बिग बोल्ड बिउटिफुल कार लन्च गरिएको हो । अटोभिल्लाका संचालकद्वय दिपक श्रेष्ठ र दिनेश श्रेष्ठका माता शान्तिदेवि श्रेष्ठले दियो बालेर उद्घाटन र कारको सार्वजनिक गरिन् ।

जापानिज डिजाईनमा भारतमा निर्माण भएको यो कार आकर्षक डिजाईन, उच्च स्तरको सुरक्षा प्रणाली र आरामदायी श्रेणीको भएको उनले दाबी गरिन् । सञ्चालक दिनेश श्रेष्ठले लन्चिङकै मंगलबारदेखि औपचरिक बुकिङ शुरु भएको बताए । पहिलो दिन ८ वटा सवारी बुक भएको उनले बताए ।

अहिले यो दुई भेरिएन्टमा कार उपलब्ध रहेको उनले बताए । एचआरएओ इन्जिन टर्बो पेट्रोल इन्जिन र १।० बिफोरडी पेट्रोल इन्जिन रहेको उनले बताए । २९ लाख ४९ हजार देखि ४२ लाख ७९ लाखसम्मका सवारी रहेको जानकारी गराउँदै उनले वेष्ट ईन क्लास फ्युल ईकोनोमी टर्बोमा २० र नर्मल १८ किलोमिटर पर लिटर माइलेज दिने दाबी गरे । समयसापेक्ष सुविधासम्पन्न र नेपालको बाटो उपयोगी कार भएको दाबी गर्दै उनले कारमा भिडिसि, एससिएल, एयर ब्याग, एबिएससंगै नर्मल अडियो र एप्पल कार प्लेयरका साथै एन्टी लक सिस्टमको सुविधा रहेको बताउ ।

यसैबीच मंगलबार कार बुक गरेका बुटवलका आशिष भुषाल, प्रवेश मानन्धरलाई साचो हस्तान्तरण गरिएको छ । यसअघि निशानले स्पोर्ट्स, कम्प्याक्ट कार, क्रसओभर, सेडन क्याटगोरीमा आरिया, माईक्रा, सन्नी, सेन्ट्रा, रफ, अल्टिमा, जुक, सुभस, लगायत कार बजारमा ल्याईसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।