ताजा अपडेट »

डेढ करोडको लगानीमा योगिकुटीमा खुल्यो गणपती मिष्ठान्नको सातौं शाखा

बुधबार, १६ फागुन २०८०, १९ : १०
284 Shares

बुटवल ।  गणपती मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा आएको छ ।

डेढ करोडको लगानीमा सञ्चालनमा आएको शाखाको भोली विहिबार औपचारिक शुभारम्भ हुँदैछ । उक्त शाखाको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने गणपती मिष्ठान्न भण्डार प्रा.लिका अध्यक्ष नारायण केसीले बताए ।
योगिकुटी शाखामा डम्बर कुँवर र सरास्वती ज्ञवालीको लगानी रहेको छ । एकै पटक ७० जनालाई सेवा दिने गरी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको हो । योगिकुटी शाखामा कुल १७ जनाले रोजगारी पाएका छन् ।

मिष्ठान्न भण्डारमा ६० प्रकारका मिठाई पाईने सञ्चालक डम्बर कुँवरले बताए । गुणस्तर, अखाद्य मिठाईका लागि पहिचान बनाएको गणपती मिष्ठान्न भण्डारले पछिल्लो समय नयाँ आउटलेट सञ्चालनमा तिब्रता दिएको छ ।

IMG_20240228_190818_(1900_x_1000_pixel)

६ महिना अघि मात्र गणपतीको छैठौ शाखा देविनगरमा सञ्चालनमा आएको थियो । गणपती मिष्ठान्न भण्डार प्रा.लिमा कुल ६ जनाको लगानी रहेको छ । यसका अध्यक्ष नारायण केसी हुन । बांकी सञ्चालकहरुमा मेघराज पन्त, किरण थापा, डम्बर कुँवर, माया ज्ञवाली र चुम बहादुर खत्री रहेका छन् ।

गणपतीको कुल सात शाखामा १२ करोड लगानी भएको छ । जसबाट दैनिक डेढ क्युन्टल मिठाई विक्रि हुने गरेको अध्यक्ष केसीले बताए । गणपतीको सवै शाखामा १२० जनाले रोजगारी पाएका छन् ।

अध्यक्ष केसीका अनुसार अब खैरेनी, भैरहवा, लुम्बिनीमा पनि गणपतीको नयाँ शाखा खोल्ने योजना छ । हाल गणपती ट्राफिकचोक, मिलनचोक, देविनगर, मुर्गिया, मणिग्राम, जीतगढीमा सञ्चालनमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।