ताजा अपडेट »

विश्वकप एसिया छनोटका लागि नेपाली महिला क्रिकेटले हङकङ विरूद्ध खेल खेल्दै

शुक्रबार, २६ बैशाख २०८२, ०७ : ०६
12 Shares
शुक्रबार, २६ बैशाख २०८२
12 Shares

काठमाडौ. । नेपाली महिला क्रिकेट टोलीले आज हङकङ विरूद्ध पहिलो खेल खेल्दैछ । आइसिसी ट्वान्टी(२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आजहङकङ विरूद्ध पहिलो खेल खेल्न लागेको हो । 

भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको टोलीले आज बिहान ८स्१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ। विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दोस्रो खेल भोली बहराइनसँग खेल्नेछ । 
 
नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।