ताजा अपडेट »

निफ्राको सेयरमा गिरावट,८औं दिनमा ६६ रुपैंयाले घट्यो

मंगलबार, ११ फागुन २०७७, १३ : ५७
2 Shares

काठमाडौं। नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ। दोस्रो बजारमा कारोबार खुलेको सातौ दिनसम्म लगातार सकारात्मक सर्किट लागेको बैंकको शेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको हो।

मंगलबार बजार खुल्नेवित्तीकै बेंकको शेयर बढेर प्रतिकित्ता ६९३ रुपैयाँ पुगेको भएपनि प्रफिट बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयरमूल्य ६६ रुपैयाँले घटेर ५९४ रुपैयाँमा झरेको हो।मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भए पनि खरिद गर्ने लगानीकर्ता भने शुन्य छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।