ताजा अपडेट »

गाडीको ठक्करबाट मृत्यु

सोमबार, १० फागुन २०७७, ११ : ४१
12 Shares

कलैया। बारामा मैजिक गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको ना ४५ प ५१२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रसौनी गाउँपालिका–५ निवासी ४० वर्षीय दुरुयोधन चौधरीको घटनास्थलमै मृत्युको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

ठक्कर दिने मैजिक चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए । मृतकको शव कलैया अस्पतालमा रहेको र शवपरीक्षण गरी परिवारजनको जिम्मा लगाउने बारा प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।