ताजा अपडेट »

प्रदेशसभाको बैठक बहिस्कार गर्ने ओली समूहको निर्णय

आइतबार, ०९ फागुन २०७७, १५ : ४५
6 Shares

काठमाडौं । सत्तारुढ नेकपा ओली पक्षले प्रदेश १ को प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेपछि मुख्यमन्त्री कार्यालयमा बसेको ओली पक्षको बैठकले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

आइतबार बिहान मुख्यमन्त्री राईले सूचना टाँस गरी आजको बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । तर, सभामुख भण्डारीले भने बैठक स्थगित गर्न अस्वीकार गरेका थिए । यस्तै, उक्त पक्षले आजको बैठकमा उपस्थित नहुनेबारे लिखित राय संसद सचिवालयमा दर्ता गराउने निर्णयसमेत गरेको एक नेताले जानकारी दिए ।

https://www.globalaawaj.com/archives/83723
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।