ताजा अपडेट »

लुम्बिनी प्रदेशको अर्थतन्त्रको सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया

शनिबार, ०८ फागुन २०७७, २० : ४१
6 Shares

बुटवल । आर्थिक अनुसन्धान केन्द्र, लुम्बिनी प्रदेशको आयोजनामा प्रादेशिक अर्थतन्त्रको सम्भावना र चुनौती बिषयक कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आर्थिक अनुसन्धान केन्द्र, लुम्बिनी प्रदेशका अध्यक्ष हुमराज भुसालले शनिबार एक कार्यक्रमको बीच प्रादेशिक अर्थतन्त्रको सम्भावना र चुनौती बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्र माथी प्रा. डा. बाबुराम ज्ञवाली, प्रा. डा. रामचन्द्र आचार्य, प्रा. डा. भोजराज कडेरिया, डा. खिमानन्द न्यौपाने, प्रा. नुरजंग के. सी., बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, बरिष्ठ लेखक ऋषि आजाद, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, एम्स कलेजका प्रमुख दिपक ढकाल, बुटवल क्याम्पसका सहायक क्याम्पस प्रमुख लिलाबल्लभ ढकाल, सहायक क्याम्पस कुमारी लक्ष्मी शर्मा लगायतले टिप्पणी गरेका थिए । प्रादेशिक अर्थतन्त्रमा लुम्बिनी प्रदेशको आर्थिक विकासका गतिविधी अन्य प्रदेशको तुलनामा व्यापक रुपमा अगाडी बढ्नुका साथै प्रदेशका गौरवका योजनाहरु विश्वव्यापी कोभिड १९ को महामारीमा पनि सञ्चालन गर्न सफल रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले बताएका थिए ।

प्रदेशको समृद्धि र बिकासको लागि रोजगारमुलक क्षेत्रको पहिचान गर्नुपर्ने र आर्थिक एबं मानबिय पुजीलाई परिचालनमा ठोस कार्य योजना बनाई प्रदेश सरकार अगाडी बढ्नुमा सहभागीहरुको जोड रहेको थियो । साथै प्रादेशिक अर्थतन्त्रलाई सबल, सफल र समृद्ध बनाउनको लागी कृषिको आधुनिकीकरण, औद्योगिक क्षेत्रको विकास र विस्तार तथा आन्तरिक पर्यटनमा विशेष जोड दिनु पर्ने र दक्ष जनशक्तिको अभावमा प्रादेशिक अर्थतन्त्रका विविध आयामका बारेमा खोज अनुसन्धान गर्न कठिनाई रहेको समयमा त्यसको अभाव यस सस्थाले पुरा गर्नु पर्ने कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रमको निष्कर्ष प्रदेश भित्रका बैंक तथा बित्तिय संस्थाहरुको निक्षेप संकलन र कर्जा प्रबाह सम्बन्धि कार्यमा प्रदेश सरकारको स्पष्ट कार्यनिती हुनुपर्नेमा जोड रहेको केन्द्रका अध्यक्ष हुमराज भुसालले बताए । कार्यक्रममा बिभिन्न क्षेत्रबाट गरि चालिस भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम केन्द्रका अध्यक्ष हुमराज भुसालको अध्यक्षता तथा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमको प्रमुख आतिथ्यता, केन्द्रका सचिब बालकृष्ण आचार्यको संचालन तथा उपाध्यक्ष बिनोद बेल्बासेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।