ताजा अपडेट »

थप ९७ जनामा कोरोना, ११४ संक्रमित डिस्चार्ज

शुक्रबार, ०७ फागुन २०७७, १७ : ३५
4 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ६१९ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ । आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५८३ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।