ताजा अपडेट »

संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउँछौँ : संयुक्त मोर्चा

विहीबार, ०६ फागुन २०७७, १८ : १७
2 Shares

बुटवल । संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउँने रणनैंतिक संयुक्त मोर्चाका नेताहरुले उद्घोष गरेका छन् । संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलालहरुको भएको भन्दैं यसको अन्त्यका लागि क्रान्तिको झण्डा उठाउंने उनीहरुले चेतावनी समेत दिएका छन् ।

रणनैतिक संयुक्त मोर्चाले आज बुटवलको ट्राफिकचोकमा आयोजना गरेको जनसभालाई सम्बोधन गदैं मोर्चाका नेताहरुले उक्त उद्घोष गरेका हुंन् ।कार्यक्रममा बोल्दैं नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रतिगामी संसदीय व्यवस्था खतम गरि संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षको आंधीबेहरी ल्याउंनुपर्नेमा जोड दिए । कम्युनिष्टको नाममा मुलुकमा दलाल संसदीय व्यवस्था हावी रहेको भन्दैं यसको अन्त्यका लागि क्रान्तिकारी कम्युनिष्टहरु एकीकृत र धु्रबीकृत हुंनुपर्ने उहांले आवश्यकता औल्याए ।

प्रधानमन्त्री केपी ओली प्रतिगामी र प्रचण्ड–नेपाल यथास्थितिवादी सोचका साथ अगाडि बढेको भन्दैं निर्वाचन वा संसद पुर्नस्थापनाबाट मुलुकले निकास नपाउंने उहांले बताए । मोर्चाका सदस्य समेत रहेका उनले विप्लवमाथिको प्रतिवन्ध हटाउंनुपर्ने बताउंदैं विप्लवका राजनैतिक समस्या दमनबाट होइन राजनैतिक रुपमैं हल गर्न आग्रह गरे । नेकपाका संयोजक ऋषिराम कट्टेलले सरकारले विप्लवमाथि लगाएको प्रतिवन्ध जनताले खारेज गरेको बताए । संसदीय व्यवस्था रहेसम्म मुलुकले निकास नपाउंने बताउंदैं उनले कम्युनिष्टको नाममा ओली–प्रचण्ड ठग भएको टिप्पणी गरे ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले मुलुकमा व्यक्तिमा होइन दलाल पूजिवादी संसदीय व्यवस्थामा संकट उत्पन्न भएको बताउंनुभयो ।रणनैतिक संयुक्त मोर्चाका सदस्य भेषराज भुसालले जनताले क्रान्ति र विकल्प खोजेको भन्दैं ओली र प्रचण्डबाट त्यो संभव नभएको बताए । अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङले कम्युनिष्टको नाममा ओली र प्रचण्डले जनतामा भ्रममा पारेको भन्दैं संसदीय व्यवस्थाका विरुद्ध उत्पीडित जाति–समुदाय क्रान्तिमा गोलवन्द हुंन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, वामपन्थी नेता शसिधर भण्डारी,माक्सवादी विचार मञ्चका सचिव बिनबहादुर कुंवर, नागरिक समाजका पदमबहादुर कार्की लगायतले बोल्दैं संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेको अध्यक्षता,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमार राङवाङको सञ्चालन तथा नेकपाका सहसंयोजक अम्बिका थैबको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रम पूर्व बुटवलको राजमार्गचौराहबाट शुरु भएको र्यालीले बुटवल बजार परिक्रमा गरि ट्राफिकचोकमा पुगेर जनसभामा परिणत भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।