ताजा अपडेट »

लुम्बिनी टेलिभिजनको आयोजनामा मिडियाकप भलिबल

विहीबार, ०६ फागुन २०७७, ०८ : ४७
14 Shares

बुटवल । लुम्बिनी टेलिभिजन बुटवलको आयोजनामा आजदेखि मैत्रिपूर्ण मिडिया कप भलिबल प्रतियोगिता हुँदै छ । रुपन्देहीमा संचालित मिडिया हाउसहरुका बीचमा भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको टेलिभिजनका महासचिव दिनेश पाण्डेले जानकारी दिए ।

कोरोना महामारीका कारण मिडिया क्षेत्र समेत प्रभावित भइरहेको अवस्थामा मिडिया हाउस तथा पत्रकारहरुमा खेलकुदको माध्यमबाट उत्साह थप्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले जानकारी दिए । तिलोत्तमा-२ योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लबको कोर्टमा हुने प्रतियोगिताको उद्घाट लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक विकास पराजुलीले जानकारी दिए । उद्घाटन खेलमा रेडियो लुम्बिनी र बुद्ध टेलिभिजन बीच प्रतिस्पर्धा हुने भएको छ ।

दुई दिनसम्म हुने प्रतियोगिताको विजेताले २५ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेताले १५ हजार नगद राशीसहित कमप मेडलर प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यसैगरी तेस्रो हुने समुहले समेत नगद ५ हजार पुरस्कार राशी प्राप्त गर्ने छ । यसैगरी सेमिफाईनलमा पुग्ने चारवटा टिमलाई जर्सि प्रदान गरिने आयोजकले जानकारी गराएको छ । खेल अवधीभर सबै खेलाडीहरुको दुर्घटना विमा समेत गरिएको संयोजक पराजुलीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।