ताजा अपडेट »

प्रतिनिधिसभा विघटन: आजदेखि एमिकस क्युरीको बहस

मंगलबार, ०४ फागुन २०७७, १२ : ४३
2 Shares

काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन मुद्दामा मंगलबारदेखि एमिकस क्युरीको बहस सुरू भएको छ ।

संसद विघटनविरूद्ध परेका रिटमा पक्ष–विपक्षका वकिलहरूको बहस सकिएपछि आजदेखि एमिकस क्युरीको बहस सुरू भएको हो । मंगलबार वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले राय दिन सुरू गरेका छन् । एमिकस क्युरीको काम मुद्दाको फैसला गर्न इजलासलाई सहयोग गर्ने हो।

सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।