ताजा अपडेट »

एभरेष्ट बैंकको वीरगंज शाखा तथा प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

मंगलबार, २५ बैशाख २०८१, ०७ : १५
204 Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मधेश प्रदेशको प्रादेशिक कार्यालय तथा बिरगञ्ज शाखा कार्यालय आफ्नै भवनमा सुरु गरेकोे छ ।

सोमबार विशेष कार्यक्रम सहित वीरगंज महानगरपालिका वडा नं– १०, आदर्श नगरमा रहेको एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं–४ आदर्शनगरमा  नव निर्मित आफ्नै भवनमा स्थानान्तरण गरेको हो ।

स्थानन्तरण कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यलगायत बिभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरूले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रूपमा उपभोग गर्न सक्ने बताए ।

पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यो बैंक स्थापना काल देखिनै ग्राहकहरूको पहिलो रोजाइको बैंकका रुपमा रहदै आएको छ । बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन भने देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, १६४ ए.टी.एम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा संकलन केन्द्र मार्फत समेत सेवा दिँदै आइरहेको छ ।

 
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।