ताजा अपडेट »

गुल्मीको रेसुङ्गामा प्रथम मेयर कप फुटबल

सोमबार, २४ बैशाख २०८१, १९ : १७
66 Shares

गुल्मी । गुल्मी रेसुङ्गा नगरपालिकामा प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको गुल्मी क्षेत्र नम्वर १ का सांसद चन्द्र भण्डारीले उद्घाटन गरेका छन्  ।

सो अवसरमा बोल्दै उनले पछिल्लो समय युवाहरु भुल्ने माध्यमनै खेलकुद वा संगीत हुने गरेको बताए । यश बाहेक विकल्प नभएका युवाहरु विदेश पलायन हुने गरेको उनले बताए । देशको समृद्धि र आर्थिक विकासका निम्ति अहिले सबैभन्दा ठूलो माध्यम खेल बनिरहेको उल्लेख गरे ।

रेसुङ्गाका नगर प्रमुख खिलध्वज पन्थीले गुल्मीका पहिलो राष्ट्रिय फुटबल खेलाडी स्वर्गीय दल बहादुर राना मगरको स्मरण गरे । गुल्मीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकूदको माध्यमबाट परिचित गराउन महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै  उनको शालिक रेसुङ्घा नगरपालिकाले निर्माण गर्ने योजना सुनाए । उनले नगरपालिका सधैं खेलाडीहरुको साथमा रहेको बताए ।

रेसुङ्गाका १४ वटा वडा बीच प्रतिस्पर्धा गराउने उद्देश्यका साथ सुरु भएको प्रतियोगितमा १२ वटा वडाका टिमहरु सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले जानकारी दिए ।  प्रतियोगितामा वडा नम्बर ११ र १४ सहभागि हुन सकेनन् । सोमबार भएको उद्घाटन खेलमा वडा नम्बर १२ ले वडा नम्बर १० माथि २-० को जित दर्ता गरेको छ । प्रतियोगिता आगामी २८ गते सम्पन्न हुने छ । रेसुङ्गा नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा प्रतियोगितको आयोजना गरेको हो । बैशाख २५ गते विभिन्न कार्यक्रमका बिच स्थापना  दिवस मनाइँदै छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।