ताजा अपडेट »

ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

मंगलबार, ०४ फागुन २०७७, ११ : १६
14 Shares

लण्डन । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् ।उनिहरुले दोस्रो सन्तान जन्माउन निश्चित भएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनिहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका छन् ।

एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनिहरूले सार्वजनिक गरेका छन् । नयाँ सन्तान प्राप्तहुने खवरले राजपरिवारका सवै सदस्य हर्षित रहेको बताएको छ ।“आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” उनका प्रवक्ताले भनेका छन् । उनिहरूका जेष्ठ सन्तानआर्ची गत मेमा एक बर्ष पुरा भएको छन् ।

बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनकी श्रीमती मेगनले गतबर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकि छन् ।ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाहभएको थियो । सन् २०१८को मे महिनामा उनिहरुको विवाह भएको हो ।

रासस
लेखकको बारेमा
रासस