१६ असार २०७९, बिहीबार

Jun 30, 2022

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि आजदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन ।

सूचीकृत बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम १०० दिनको रोजगारी प्राप्त गर्नेछन् । न्यूनतम रोजगारी प्रदान गरी विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने सहयोग पु¥याउने उद्देश्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएइको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बेरोजगार व्यक्ति सूचीकरणका लागि परिपत्र गरेको छ । बेरोजगार व्यक्तिका र निजका परिवारको यथार्थ र सम्पूर्ण विवरण सङ्कलन गरी वास्तविक लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाउन श्रम मन्त्रालयले आग्रह गरेको छ । यस कार्यक्रमअन्तर्गत सञ्चालन हुने न्यूनतम रोजगारीले गरीब तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षा र संरक्षण प्रदान हुने मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास : झलनाथ खनाल विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ? केपी ओली र वामदेव गौतमबीच भेटवार्ता पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु प्रजातन्त्र होइन गठबन्धनतन्त्र ! सर्वोत्तम लिटोको प्याकेटमा कीरा कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब ५ प्रतिशतले वृद्धि सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द रुपन्देहीको सैनामैनाका एक युवा मृत अवस्थामा फेला फुटबलर भरत र नवयुग एनएसी प्रतियोगिता खेल्न अमेरिका प्रस्थान डाइभर्सन निर्माणपछि खुल्यो पूर्व–पश्चिम राजमार्ग, कस्ताे छ अन्य सडककाे अवस्था ? मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं आज पनि देशभर वर्षाको सम्भावना श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव रोटरी क्लब भैरहवाद्वारा तिलोत्तमास्थित विद्यापिठका विद्यार्थीलाई कम्प्युटर तथा झोला वितरण एमाले निकट युवा संघको धान राेपाइँमा कुटाकुट