ताजा अपडेट »

बुटवल र भैरहवामा राइड सेयरिङ ‘इ ड्राईभ’ सेवा : स्वरोजगार बन्न चाहनेका लागि आवेदन खुला

विहीबार, २९ चैत्र २०८०, १४ : ३५
688 Shares

बुटवल । राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु भएको छ । इ ड्राईभ लुम्बिनी नेपाल प्रा.लिले लुम्बिनी प्रदेशमा पहिलो पटक सेवा सञ्चालन गर्न लागेको हो ।

प्रा.लिका अध्यक्ष राजकुमार गुप्ताले यात्रुहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रमा राईड शेयरिङ एप इ ड्राईभ नेपाल सुरु गरिएको बताए । ६ महिना अघि काठमाडौं उपत्यकामा सफलता पुर्वक राईड शेयरिङ सेवा उपलब्ध गराएकोमा बैशाख १ गते देखि बुटवल, भैरहवा क्षेत्रमा सेवा सुरु गरिने उनको भनाई छ ।

नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने योजना अनुसार कम्पनीले बुटवल, भैरहवा क्षेत्रमा दोस्रो स्थानको रुपमा सेवा सुरु गरेको हो । नेपाली सफ्टवेयर ईन्जिनियरहरुले निर्माण गरेको एपबाट सेवा लिन चाहने ग्राहकहरुले सरकारले तोकेको न्युनतम भाडामै गन्तव्यमा जान सक्ने कम्पनीले जनाएको छ ।

विशेषगरी विद्युत्तीय सवारी साधनलाई लक्षित गरेर सेवा सुरु गरेको भएपनि पहिलो चरणमा पेट्रोलिय पद्धार्थबाट चल्ने कार र बाईकहरु यसमा आबद्ध हुन सक्नेछन् । कम्पनीले राईड गराउन चाहनेहरुलाई निःशुल्क दर्ता हुन समेत आव्हान गरेको छ । अध्यक्ष गुप्ताका अनुसार एक महिना सम्म निशुल्क राईडका लागि दर्ता गर्न सकिने र त्यसपछि न्युतम शुल्क दर्ताका लागि तोकिनेछ । इ ड्राईभ नेपालको एप गुगोल प्ले स्टोर अथवा एप स्टोरबाट सजिलै डाउनलोड गरेर प्रयोग सकिनेछ ।

यो एपको प्रयोग गरेर यात्रा गरेमा यात्रु तथा चालकहरुका लागि घाईते भएमा ७० हजारसम्मको उपचार सेवा तथा मृत्यु भएमा थर्ड पार्टी इन्सुरेन्सबाहेक ७ लाख सम्मको विमा गरिएको कम्पनीको दावी छ ।

कम्पनीले पहिलो चरणमा कार र बाईकहरुलाई अबद्धता गराएपनि निकट भविष्यमा टेम्पोलाई पनि जोड्ने बताएको छ । अध्यक्ष गुप्ताले सवै यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली जडान गरिएको र यसबाट सवारी सधान कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने बताए । सवारी साधनको सम्पुर्ण नियन्त्रण कम्पनी संग भएकोले सेवाग्राहीले ढुक्कका साथ सेवा प्राप्त गर्न सक्ने उनको भनाई छ ।

इ ड्राईभ नेपाल प्रा.लिका अध्यक्ष राजेश मास्केले इलेक्ट्रिक सेवाको उच्च प्रयोगका साथै ठूलो धनराशी विदेशिनबाट जोगाउन र वातावरण संरक्षण इ ड्राईभ नेपालको अभियान रहेको बताए । साथै उनंले क्रमश यो सेवालाई अन्य शहरहरुमा पनि विस्तार गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।